सरकारले क्रिकेटका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’

क्रिकेटको कारण देशकै गौरव र प्रतिष्ठा बढेको भन्दै उनले खोलाडीहरूलाई प्रेरणास्वरुप सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरे ।

नेपालले घरेलु मैदानमा आईसीसी विश्वकप लिग-२ मा अपराजित रहदैँ जितेको थियो ।

  • ११ फाल्गुन २०७९, बिहीबार १६:३३ प्रकाशित