प्रचण्ड,माधवको भेट : गठबन्धन ब्युताउने सवालमा प्रचण्डले भने,‘फाइनल भइसकेको छैन’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको भेट सकिएको छ । भेटमा राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणबारे छलफल भएको बताइएको छ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र नेपाललबीच आधा घण्टा कुराकानी भएको हो। प्रचण्ड र नेपालबीचको भेटवार्तामा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी थिए ।

बैठकपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । यस्तै पाँच दलीय गठबन्धन बिउँताउनेबारे छलफल भइरहेको प्रचण्डको भनाइ छ ।

पाँच दलीय गठबन्धन बिउँताउन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छलफल भइरहेको छ । फाइनल भइसकेको छैन ।’ यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

तर निष्कर्षमा नपुगिसकेको भन्दै देशलाई हित हुने विकल्प रोज्ने उनको भनाइ छ ।

  • ११ फाल्गुन २०७९, बिहीबार १४:५३ प्रकाशित