पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार)अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रिदर १४१ रुपैयाँ २७ पैसा छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६० रुपैयाँ ५७ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको छ ।