कन्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान मृत भेटिए

केन्द्रभाग मिडिया

सुर्खेत ।

सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ ।

उनका अनुसार घटना आज बिहान २ः५६ बजे तिरको हो ।

  • ११ फाल्गुन २०७९, बिहीबार ०९:०८ प्रकाशित