राष्ट्रपतिका लागि दौडधुप, कांग्रेस र एसका शीर्ष नेता पुगे प्रधानमन्त्री निवास

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयनको दिन नजिकिँदै गर्दा दलहरुले सक्रियता निकै बढाएका छन् । बुधबार मात्र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।

भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले नै चाहेको पात्र (एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङ) लाई राष्ट्रपतिका लागि अगाडि सार्न प्रस्ताव गरेका सार्वजनिक भएको थियो ।

त्यस लगत्तै नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिका लागि प्रस्ताव आए अगाडि बढ्ने निर्णय गरेछ । त्यसपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरुले धुम्बाराही पुगेर कांग्रेसका शीर्ष नेताहरुसंग छलफल गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका छन् । देउवाको निवासमा शीर्ष नेताहरूसँग करिब डेढ घण्टा छलफल गरेसगै त्यहाँबाट बाहिरिएका नेताहरू सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

 

  • १० फाल्गुन २०७९, बुधबार १९:४१ प्रकाशित