पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको विषयमा राष्ट्रपति भण्डारीको चासो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा क्षत्रीय अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय उडानको विषयमा राष्ट्रपति विद्या भण्डारीले चासो राखेकी छन् । बुधबार दिउँसो विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र गण्डकीका मुख्यमत्री खगराज अधिकारीको भेटमा उनले उक्त चासो राखेकी हुन् ।

उनले बिमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहलका बिषयमा चासो राखेको मुख्यमन्त्री अधिकारीका प्रेस संयोजक सुसान घिमिरेले जानकारी दिएका छन् । उनका अनुसारभेटमा नेपाल सरकारका मुख्य सचिब शङ्कर दास वैरागी, राष्ट्रपति कार्यलयका सचिब यादव प्रसाद कोइराला, गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्थ समेत सहभागी थिए ।

  • १० फाल्गुन २०७९, बुधबार १६:४२ प्रकाशित