डीआईजी अशोक सिंहले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।

जन्ममितिबारे प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् ।बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सिंहले राजीनामापत्र बुझाएका छन् ।उनी एक महिनापछि नेपाल प्रहरीको नयाँ प्रमुख बन्ने प्रतिस्पर्धामा थिए ।

  • १० फाल्गुन २०७९, बुधबार १५:०१ प्रकाशित