प्रचण्ड र ओलीबीच डेढ घण्टा भेट : दुवै आ–आफ्नै अडानमा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपतिको निर्वाचन नजिकिएदैं गएसँगै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट तिव्र चलिरहेको छ । र वार्ता निरन्तर भइरहेको छ ।

आज पनि प्रम दाहाल र ओलीबीच आज पनि भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई बीच डेढ घण्टा छलफल भएको बताइएको छ।प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली राष्ट्रपतिका विषयमा आ–आफ्नै अडानमा रहेको बुझिएको छ । प्रचण्ड र ओलीबीच राष्ट्रपतिका विषयमा सझदारी बन्न नसकेपछि दुबै जना छुट्टिएका छन् ।

तर, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले प्रधानमन्त्री प्रचण्ड र ओलीबीच राष्ट्रपतिका विषयमा के के छलफल भयो भन्ने विषयमा जानकारी नभएको बताए ।

  • १० फाल्गुन २०७९, बुधबार १४:०० प्रकाशित