एमाले निकट खेलकुद महासंघको अध्यक्षमा बस्नेत चयन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।उनी यसअघि महासंघको संयोजक थिए ।

महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेबाट सुरु भएको थियो । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षको टुंगो लगाए पनि बाँकी पदाधिकारी र सदस्यको टुंगो लगाउन बाँकी छ ।

अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रिय कमिटी घोषणा भएको छ ।

  • १० फाल्गुन २०७९, बुधबार ११:१२ प्रकाशित