राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २०७९ मा इभीएमको प्रयोगबारे राखिएको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘पुरानो उपकरण काम लाग्ने अवस्थामा छैन, नेपालीले बनाएको प्रमाणीकरण भएको छैन, नयाँ खरिद गरेर प्रयोग गर्ने सम्भावना देखिन्न ।” राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ ।

  • १० फाल्गुन २०७९, बुधबार १०:५१ प्रकाशित