पोखरा ।
पञ्चासे प्राज्ञ मञ्चको अध्यक्षमा गंगाधर तिमिल्सिना चयन भएका छन् । मञ्चको प्रथम अधिबेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्क्षमा नारायण गौतम, सचिब विश्वनाथ पौडेल, कोषाध्यक्षमा घनश्याम पौडेल चयन भएका छन् । सदस्यहरुमा जिवनाथ लामिछाने, सेतुमाया पराजुली, मिनबहादुर गुरुङ, गंगाधर चापागाइ र यज्ञ तिमिल्सिना चयन भएका छन् ।
यस अगाडि अधिवेशनको उद्घाटनको अबसरमा पञ्चासे क्षेत्र वरपर रहेका क्षेत्रको जानकारी समेटिएको पुस्तक पञ्चासे प्राज्ञ मञ्चको मंगलबार बिमोचन गरिएको थियो । पञ्चासे प्राज्ञ मञ्चका प्रथम साधारणसभामा पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले पञ्चासे प्राज्ञ मञ्चका विमोचन गरेका हुन् । उनले भौगोली, शैक्षिक, सामाजीक र इतिहासीक काममा प्राज्ञ मञ्च आवश्यक हुने बताए । पोखरा २३ महागनगरको ठुलो वडा र यसमा अथाहा सम्भावना भएका कारण यसको प्रचार प्रसारमा प्राज्ञ मञ्च पुस्तक सहयोगी हुने बताए ।
विमोचन कार्यक्रमा पोखरा वडा नम्बर २३ वडा सदस्य चेतबहादुर क्षेत्रीले पोखरा २३ को विकासका लागि यस्ता पुस्तकहरु आवश्यक हुने बताए । उनले पुस्तकले वडाका विकासका लागि मार्गचित्र बनाउने बताए । कार्यक्रममा सिद्धबराहा माविका प्रधानध्यापक बद्री पराजुलीले यस क्षेत्रका पुराना सम्पदाहरुको संरक्षण गर्नु पर्ने बताए ।
कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका अध्यक्ष गंगाधर तिमिल्सिनाले वडा भित्र रहेका प्राकृतिक, जैविक सम्भावनाको खोजी गरेर त्यसको संरक्षण गर्नु पर्ने बताए । उनले यसका विकासका लागि अध्ययन अनुसन्धान गर्नु पर्ने उल्लेख गरे । कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका उपाध्यक्ष नारायण गौतमले स्वगिय प्रा.डा. मोतीलाल पराजुलीको सपना साकार बनाउन आफुहरु लागेको बताए । कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका सचिब विश्वनाथ पौडेलले सबै एकजुट भएर अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए ।