कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र जित्छ पनि,ढुक्क हुनुस् : कोइराला

केन्द्रभाग मिडिया

सिन्धुली ।

नेपाली कांग्रेस नेता डा। शेखर कोइरालाले कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने र जित्ने पनि दाबी गरेका छन् ।

राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउँदै प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस सर्मथकले जित्ने जिकिर गरेका हुन् । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ थियो ।

नेता कोइरालाले भने, ‘राष्ट्रपतिको निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस् ।’ दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए ।

  • ९ फाल्गुन २०७९, मंगलवार १४:५६ प्रकाशित