टर्कीमा फेरि शक्तिशाली भूकम्प : कम्तीमा ३ को ज्यान गयो, ६०० बढी घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । हिजो (सोमबार) ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई साता नबित्दै टर्कीमा पुनस् शक्तिशाली भूकम्प गएको हो । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

टर्की र सिरियाका अधिकारीका अनुसार दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ

  • ९ फाल्गुन २०७९, मंगलवार ०९:४९ प्रकाशित