गुण एयरलाइन्सको सम्पूर्ण उडानमा प्रतिबन्ध

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ ।

कम्पनीले कर्मचारीलाई तलब खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर प्राधिकरणले एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।

‘लामो समयदेखि कर्मचारीलाई तलब खुवाउन नसकेको भन्ने जानकारीका आधारमा गुण एयरलाइन्समाथि अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएका छौं । यस्तो संवेदनशील विषय, एयरलाइन्सको उडान सुरक्षासँग जोडिने हुँदा एयरलाइन्समाथि प्रतिबन्ध लगाएका हौं’ नागरिक उड्यान प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

एयरलाइन्सले सबै कर्मचारीलाई तलब, सेवा सुविधा प्रदान गरेको यकिन पत्र प्राधिकरणमा पेश नगरेसम्म उडान प्रतिबन्ध नखुलाउने समेत निरौलाले जानकारी दिए ।

  • ८ फाल्गुन २०७९, सोमबार १६:५८ प्रकाशित