शैक्षिक जनशक्ति विदेश पलायन हुने क्रम रोक्नु पर्छ : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन रोक्नुपर्ने बताएका छन् । पोखराको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको १८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गदैँ प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न ध्यान दिनुपर्ने बताए । आफुलाई विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न विद्यार्थीहरुलाई चुनौतीका चाङ रहेको उनले बताए ।
विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ ।”

उनले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन गर्नेअपेक्षा गरिएको बताए । प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताए । शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उनको भनाइ थियो ।

  • ८ फाल्गुन २०७९, सोमबार १६:२६ प्रकाशित