त्रिभुवन विमानस्थल : इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध, यात्रु मर्कामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध भएको छ ।

यसका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार केहीबेर अघिबाट इन्टरनेटमा समस्या आउँदा काम रोकिएको छ ।

अवरुद्ध सेवा सुरु गर्न प्रयास भइरहेको विभागले जनाएको छ ।

  • ८ फाल्गुन २०७९, सोमबार १५:४२ प्रकाशित