स्पट फिक्सिङ : ५ जनाविरुद्ध मुद्दा दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्पट फिक्सिङको आरोपमा ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिएका छन् ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले गरेको अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले बताएको थियो ।

बाँकी ७ जनाको नाम, थर र वतन खुलेपछि मुद्दा दायर गरिने नेउपानले बताए । उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ ।

  • ८ फाल्गुन २०७९, सोमबार १४:४१ प्रकाशित