काठमाडौं ।
राष्ट्रपतिमा सहयोग गर्न नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच हिजो भएको भेटमा यस्तो आग्रह गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने आश्वासन दिएका छन् ।













