राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ ।

निर्वाचन आयोगले आज संघी संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

आज दिउँसो १ बजे हुने उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित रहनेछ ।

यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ ।

  • ८ फाल्गुन २०७९, सोमबार ०९:०३ प्रकाशित