‘पूर्व राजा ज्ञानेन्द्र शाहलाई नै साझा पात्रको रुपमा राष्ट्रपति बनाउने कि !’

केन्द्रभाग मिडिया

 

पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र उनको पार्टी माओवादी केन्द्रले राष्ट्रपतिमा साझा पात्रको खोजी भइरहेको बताएका छन् ।

राष्ट्रपति चयन प्रक्रियासंगै सत्ता समिकरण अदलबदल हुनसक्ने आंकलन समेत गरिएको छ । यसैबेला प्रजातन्त्र दिवशको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिँदै दलहरुसंग सहकार्य गर्ने प्रस्ताव गरेसंगै मुलुकको राजनीति थप तरंगित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहमा अझै पुरानै पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखिएको टिप्पणी गरेका छन् । ‘उनले २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो ?’ भन्ने प्रश्न गर्दै १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको टिप्पणी गरे।

‘पूर्व राजाले दलहरुसंग सहकार्यको प्रस्ताव गर्नु र माओवादी केन्द्रले राष्ट्रपति साझा पात्र हुनुपर्छ भनिरहँदा पूर्व राजालाई नै राष्ट्रपति बनाउने हो की ?’ भनेर’ पोखराका पत्रकारले प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई सोधेका छन् । यसको जवाफ दिँदै महासचिव गुरुङले नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वाराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको बताए ।

‘उनले पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ? भन्दै देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको, लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुने बताए । उनले भने, ‘उहाँले (पूर्व राजा ज्ञानेन्द्रले) संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।

  • ७ फाल्गुन २०७९, आईतवार १३:५७ प्रकाशित