‘अब हामी मौन रहन सक्दैनौँ’ : पूर्वराजा ज्ञानेन्द्र

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौँ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले अब आफु मौन रहन नसक्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले यस्तो बताएका हुन् । शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् ।

देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् ।

शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रहन नसक्ने बताउँदै उनले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न ।’

  • ७ फाल्गुन २०७९, आईतवार ०९:०२ प्रकाशित