केन्याका कोस्गेइलाई पोखरा म्याराथनको उपाधि

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा म्याराथनको उपाधि केन्याका स्टेफेन कोस्गेइले जितेका छन् । शिनबारा पोखरा रंगशालाबाट सुरु भएको दौडमा स्टेफेनले निर्धारित ४२. १९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरागदै लगातार दोस्रोपटक पोखरा म्याराथनको उपाधि जितेका हुन् । यस पहिले उनले यो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पार गरेका थिए ।

यस्तै स्टेफेनलाई पच्छाउदै केन्याकै धावक जुलियस मुरौकी पोखरा म्याराथनमा दोस्रो भएका छन् । उनले निर्धारित दुरी २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पुरा गरे ।

भने नेपालका होमलाल श्रेष्ठ तेस्रो भए । नेपाल आर्मिका श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए ।

महिला तर्फको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पर्छाइ प्रथम भएकी छन् । उनले २१ किलोमिटर दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरिन् ।

एपिएफकी बृन्दा श्रेष्ठ द्धेतिय र आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तृतिय भइन् । श्रेष्ठले १ घण्टा २६ मिनेट २८ सेकेडमा निर्धारित २१ किलोमिटर दुरी पार गर्दा न्यौपानेले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा उक्त दुरी पार गरिन् ।

म्याराथनको उपाधि बिजेताले ५ लाख रुपैया पुरस्कार प्राप्त गरेका छन् । द्धतिय र तृतियले क्रमस ३ लाख र २ लाख नगर प्राप्त गरेका छन् ।

यस्तै महिला तर्फको हाफ म्याराथनमा विजेताले १ लाख ५० हजार, द्धतियले १ लाख र तृतियले ७५ नगद प्राप्त गरेका छन् ।

यस वर्षको खुल्ला म्यारथनमा १५० धावक र महिलातर्फको हाफ म्याराथनमा ३५ धावले प्रतिष्प्रर्धा गरेका थिए ।

  • ६ फाल्गुन २०७९, शनिबार ११:४९ प्रकाशित