‘जनयुद्ध दिवस’को बिदालाई सरकारको वार्षिक क्यालेन्डरमा राख्ने निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेन्डर’ समेट्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ । यसको अर्थ यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छन् ।

मन्त्रिपरिषद बैठकले गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।

  • ५ फाल्गुन २०७९, शुक्रबार १६:४८ प्रकाशित