पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९३ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ २१पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा रहेको छ ।