नुवाकोट ।
नुवाकोटमा बिहीबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका(१ दाङसिङतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। दुर्घटनामा ३५ जना घाईते भएको बताइएको छ।
बस सडकबाट २० फिट तल खसेको छ ।














