पत्रकार पाठकलाई मातृ शोक

केन्द्रभाग मिडिया

पोखरा ।
पत्रकार केशव पाठकलाई मातृ शोक परेको छ । पोखरा–७ निवासी उनकी ८० बर्ष वर्षीया आमा नैन कुमारी पाठकको आज दिउसो ३ः४५ बजे निधन भएको हो ।

उनको शव यात्रा सहित पोखराको रामघाटमा आज (विहिबार) बेलुका ५ः४५ बजे अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. नैन कुमारी पाठकका श्रीमान, ४ छोरा र२ छोरी छन् । स्वर्गीय नैन कुमारी विगत लामो समयदेखि प्रेसर, मधुमेह लगायतका रोगबाट पीडित रहेको जनाइएको छ ।

  • ४ फाल्गुन २०७९, बिहीबार १७:२३ प्रकाशित