गोंगबु घटनाबारे छानबिन गर्न समिति गठन

केन्द्रभाग मिडिया

काठमाडौं ।

यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति र लुटपाटबारे जाँचबुझ गर्न समिति गठन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शान्तिपूर्ण भनिएको आन्दोलन कसरी उग्र बन्यो र धेरै क्षति भयो भन्ने विषयमा छानबिन गर्न बुधबार समिति गठन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले बताएका छन् ।

समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक हिमालय श्रेष्ठ, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल र प्रहरी नायब उपरीक्षक ९डीएसपी० खुमलाल भुसाल सदस्य रहेका छन् ।

  • ४ फाल्गुन २०७९, बिहीबार १४:५० प्रकाशित