पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा आफूले पहल गरेको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै अधिकारीले संविधानको मर्मअनुसार अधिकारको प्रत्यायोजन नहुँदा समस्या आएको बताउँदै अधिकारीले प्रदेशको समृद्धि र विकासका लागि सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा भएर अघि बढ्नुपर्ने बताए ।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश संरचनालाई व्यवस्थित बनाउँदै लैजानेतर्फ सबैको सामूहिक प्रयास आवश्यक भएको बताए । अधिकारीले व्यवस्था बदले पनि मानसिकता बदल्न गार्हो रहेको बताए् । उनले संघीयता कार्यान्वयन गर्न मानसिकता बदल्न आग्रह गरे ।
प्रदेश सरकारको अधिकारका लागि आफुले प्रधानमन्त्रीलाई तीन पटक भेटिसकेको मुख्यमन्त्री अधिकारीले बताए । संविधानमा भएका साझा अधिकारका सूचीहरु प्रयाप्त रुपमा कानुन बनाएर दिनुप¥यो । प्रहरी समायोजन सम्बन्धी व्यवस्था नहुँदा ऐन बनेर त्यो निकम्मा बनेको छ । अर्को कुरा संघीय निजामती ऐन नहुँदा समायोजन भएर आएका कर्मचारी वा समायोजन हुन आउने कर्मचारीहरु बिचमा ठूलो समस्या रहेको अधिकारीले बताए ।













