सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए ।

  • ४ फाल्गुन २०७९, बिहीबार ११:०५ प्रकाशित