गण्डकी प्रदेशमा भोलि विदा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिने भएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक विदा हुने दिएको हो । २०७९ साल प्रदेशले दिने सार्वजनिक विदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ ।

गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ ।

गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैंमा विदा दिने निर्णय गरेको थियो ।

  • ३ फाल्गुन २०७९, बुधबार १७:२४ प्रकाशित