हास्य कलाकार पवन खतिवडा(म्याकुरी)प्रहरी हिरासतमा

केन्द्रभाग मिडिया

विराटनगर ।

हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ्गको बेलबारीस्थित चिम्नी होटलमा साथीहरुसँग बसेर मदिरा सेवन गरेर होहल्ला र कुटपिट गरेको भन्दै बेलबारी प्रहरीले उनलाई मङ्गलबार नियन्त्रणमा लिएको हो । उनले बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप छ।

इलाका प्रहरी कार्यालय बेलारबारीका प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले होटलमा होहल्ला र कुटपिट भएपछि कलाकार म्याकुरीलाई नियन्त्रणमा लिएको बताए ।

उनले बेलबारी आएको बेला साथीहरुसँग कलाकार म्याकुरी होटलमा मदिरा सेवन गरेका थिए । अहिले यसै बिषयमा छलफल भइरहेको छ ।

  • ३ फाल्गुन २०७९, बुधबार १६:१३ प्रकाशित