मुग्लिङ – पोखरा सडक निर्माणमा ढिलाई हुनु चिन्ताजनक : सांसद भट्टराई

केन्द्रभाग मिडिया

पोखरा ।

 

कास्की क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले कोत्रे – पोखरा खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताजनक रहेको बताएकी छिन् ।

आज(बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले पृथ्वी राजमार्गको मुग्लिङ – पोखरा सडक खण्ड निर्माणमा भैइरहेको ढिला सुस्तीको कारण कोत्रे – पोखरा सडक खण्डको काम नै सुरु हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

भट्टराईले  मुग्लिङ पोखरा सडक खण्डको करिब ९३ कि. मि . सडक एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेनमा स्तरोन्नति गर्न वि.स २०७८ मा सम्झौता भएर २०८१ मा निर्माण सम्पन्न हुनु पर्नेमा हाल सम्म जम्मा पाँच प्रतिशत मात्रै काम सम्पन्न भएको उल्लेख गरिन् ।

भट्टराईले सो सडक समयमै सम्पन्न गर्न सडक किनाराका बिजुलीका पोल र खानेपानी विस्तारको काम मुख्य अवरोधको रूपमा रहेको जसका कारण कोत्रे – पोखरा खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताको विषय भएको उल्लेख गरिन्।

सडक निर्माणको कार्य प्रगती सन्तोषजनक नभएको तथा लाखौं यात्रुहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको र प्रत्यक्ष जीवनसंग जोडिएको उक्त सडक समयमा सम्पन्न गर्ने गरि काम अगाडि बढाउन सरकारको संसद मार्फत ध्यानाकर्षण गराउछु भट्टराईले आफ्नो सम्बोधन क्रममा उल्लेख गरेकी छिन्।

  • ३ फाल्गुन २०७९, बुधबार १४:३४ प्रकाशित