लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न माग गरे । अन्यथा सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीको चेतावनी छ । ‘लाल अयोगको प्रतिवेदन जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन’ उनले भने ।

  • ३ फाल्गुन २०७९, बुधबार १४:१२ प्रकाशित