काठमाडौं।
माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द गरेको छ ।
केही अगाडि देखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई अन्ततः बन्द गरेको हो । माइक्रोसफ्टले आफ्नो विन्डोज १० अपरेटिङ सिस्टमबाट सफ्टवेयर अपडेटका माध्यमबाट इन्टरनेट एक्सप्लोररलाई स्थायी रुपमै निस्क्रिय बनाएको हो । यो सँगै विन्डोज १० वाला अपरेटिङ सिस्टमवाला सबै ल्यापटाप तथा कम्प्युटरमा इन्टरनेट एक्सप्लोररको प्रयोग गर्न सकिने छैन ।
स्मरण रहोस् कम्पनीले गत डिसेम्बरमा नै सन् २०२३ को फेब्रुअरी १४ देखि इन्टरनेट एक्सप्लोरर ११ एपलाई स्थायी रुपमै बन्द गर्ने घोषणा गरेको थियो । वास्तवमा माइक्रोसफ्ट कम्पनीले यसको नयाँ अपडेट ल्याउने तयारी गरेको छ जसमा विन्डोज १० तथा त्यसभन्दा पूरानो विन्डोज संस्करणमा इन्टरनेट एक्सप्लोरर बन्द गरिनेछ ।
कम्पनीका अनुसार इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्ट एजमा रि(डाइरेक्ट नगरिएका डिभाइसहरु यसबाट प्रभावित हुनेछन् । त्यसबापत कम्पनीले माइक्रोसफ्ट एजलाई नयाँ अवतारमा पेश गर्दैछ ।