मोवाइल लुटपाटमा दोषीलाई कारबाही गर्न प्रहरीलाई गृहको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्रालयले मोबाइल लटुपाटमा दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

हिजो (सोमबार) यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो ।

आन्दोलनकारीको एक समूहले गोंगबुस्थित ल्होत्से मलमा सञ्चालित मोवाइल पसलबाट मोवाइल लुटपाट गरेको भिडियोहरु समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

दुइटा पसलबाट लुटिएको मोबाइलसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ल्होत्से मलमा सोमबार साँझ प्रदर्शनकारीले ८ करोड रुपैयाँ बराबरको मोबाइल लुटेको दाबी सञ्चालकले गरेका छन् ।

  • २ फाल्गुन २०७९, मंगलवार १६:०१ प्रकाशित