यातायात मजदुरहरूको आन्दोलन स्थगित, सार्वजनिक यातायात चल्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।

  • २ फाल्गुन २०७९, मंगलवार १०:५५ प्रकाशित