दुर्गा प्रसाईंको महाअभियान : पूर्वराजपरिवार उपस्थित हुदाँ ओलि गएनन्

केन्द्रभाग मिडिया

झापा ।

व्यवसायी दुर्गा प्रसाईंले आफ्नो महाअभियान सुरू गरेका छन् ।पूर्वराजपरिवारका सदस्यहरूलाई अघि सारेर प्रसाईले आजदेखि महाअभियान सुरु गरेका हुन् । आज मेची पुलमा पूर्वराजाले दीप बालेर महाअभियानको समुद्घाटन गरेका हुन् ।

राजनीतिक दलका नेताहरुलाई निम्त्याएको उक्त कार्यक्रममा पूर्वराजपरिवार उपस्थित हुदाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उक्त अभियानमा गएनन् ।

उद्घाटन कार्यक्रममा पूर्वराजासहित उनका छोरा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिए । धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन् ।

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका हुन् । मेचीपछि महाकालीमा र त्यसपछि काठमाडौंमा द्वीप बालेर महाअभियान अघि बढाउने उनको योजना रहेको बताइएको छ ।

  • १ फाल्गुन २०७९, सोमबार १६:२४ प्रकाशित