छिट्टै समाजवादी मोर्चा बनाएर नयाँ नेतृत्व निर्माण गर्छौ : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता र समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब छिटै समाजवादी मोर्चा बनाएर नयाँ नेतृत्व निर्माण गरिने बताए ।

प्रधानमन्त्री दाहाल फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गरे ।

उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताए ।

 

 

  • १ फाल्गुन २०७९, सोमबार १६:१० प्रकाशित