फाइजरको नयाँ खोप ‘बाइभ्यालेन्ट’को पहिलो खेप काठमाडौं आइपुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

फाइजरको नयाँ खोप बाइभ्यालेन्टको पहिलो खेप काठमाडौं आएको छ ।

कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप बाइभ्यालेन्टको पहिलो खेप आज बिहान काठमाडौं आइपुगेको हो ।

पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप ल्याइएको छ । सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।
छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।

  • १ फाल्गुन २०७९, सोमबार ११:०२ प्रकाशित