नेपाल भेटेरिनरी एसोसिएसन गण्डकीको अध्यक्षमा डा. राजेश चौधरी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्वाचित भएका छन । एसोसिएसनको तेश्रो साधारण सभा एवं अधिवेशनले अध्यक्षमा डा.राजेश चौधरी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको उपाध्यक्षमा डा. भाजुराम चौधरी, सचिवमा डा. अविनाश भट्टराइ, सह सचिवमा डा.सपनालक्ष्मी घिमिरे र कोषाध्यक्षमा डा. शर्मिला कुमाल निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यहरुमा डा. सोनिया गुरुङ, डा. रुपक कंडेल, डा. अजयराज ओझा, डा. गणेश रानाभाट, डा. अनिल गौतम र डा. सन्तोष बास्तोला निर्वाचित भएका छन ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख सह सचिव डा. जगदिश पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

  • २९ माघ २०७९, आईतवार १९:५७ प्रकाशित