काठमाडौं।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सरकारले घटाएको बताएका छन्।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/ ८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेट संशोधन गर्दै २ खर्ब ४४ अर्ब बजेट घटाएको बताएका छन्।
यसअघिको सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले संसद्मा यो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत गरेका थिए।
यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । १४ खर्ब ३ अर्ब राजस्व संकलनको लक्ष्य लिइएको थियो ।
चालू आवको ६ महिनामा धान उत्पादन ६.९४ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ भने मुद्रास्फीति ७.३ प्रतिशत रहेको छ । मुन्द्राप्रदाय ३.६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
आव २०७९/८० को पहिलो ६ महिनामा २.८ प्रतिशतले कुल आन्तरिक कर्जा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कंकल गर्ने निक्षेमा ४.२ प्रतिशतले वृद्धि भएको छ ।