पीएस गुरुङले भने,‘राष्ट्रपति एमालेकै हुन्छ, कांग्रेसको ढोक्सामा माछा पर्दैन’

केन्द्रभाग मिडिया

वीरगञ्ज ।

नेकपा एमालेका प्रवक्तासमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नयाँ राष्ट्रपति एमालेकै हुने बताएका छन् ।

प्रेस चौतारी नेपाले वीरगञ्जमा आयोजना गरेको संगठन सुदृढीकरण कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै सत्तागठबन्धन कायमै रहने र फागुन २५ मा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने उनले बताए ।

गठबन्धन आउँदो चुनावसम्मै रहने गुरुङले बताए ।उनले भने, ‘अहिलेको सत्तागठबन्धन कायमै हुन्छ । राष्ट्रपति पनि एमालेकै हुन्छ । राष्ट्रपतिका विषयमा कांग्रेसले थापेको ढोक्सामा माछा पर्दैन ।’

  • २९ माघ २०७९, आईतवार १५:२६ प्रकाशित