साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ ।

आज युरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २६ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा रहेको छ ।

  • २९ माघ २०७९, आईतवार १०:१८ प्रकाशित