पोखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भए ।
यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी रहेका छन् । संघको केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरे चयन भए ।