काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सांसदहरुको स्वागतको लागि भोजको आयोजना गरेकी छिन् । राष्ट्रपति भण्डारीको कार्यकाल समापन हुँदैछ । उनले आज नवनिर्वाचित सांसदहरुको लागि भोजको आयोजना गरेकी हुन् ।
भोजमा कलाकारहरुले नृत्य लगायतका प्रस्तुत गरिरहेका छन् । भोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्लिसिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायत सहभागी छन् ।













