तनहुँमा बसको ठक्करबाट पैदल यात्रुको निधन

केन्द्रभाग मिडिया

तनहुँ ।

बसको ठक्करबाट एक युवकको निधन भएको छ । शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर विकको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग १ ख ६३०७ नं. को बसले ठक्कर दिँदा विकको निधन भएको बताए ।

शनिबार बिहान पैदल हिँडिरहेका विकलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

विकको उपचारको क्रममा चितवनस्थित चितवन मेडिकल कलेजमा निधन भएको हो । घटनापछि बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।

  • २८ माघ २०७९, शनिबार १९:२७ प्रकाशित