पोखरा ।
पोखराको वडा नम्बर ६ लेकसाइड स्थित हल्लनचोकमा रहेको सेलवेज डिपार्टमेण्टल स्टोर्सको गोदाममा भएको अगलागी नियन्त्रणमा आएको छ । ४ : ४० मा भएको आगाली साँझ ६ : २० मा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
अगालागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेकाले कति क्षतिभयो अहिले यत्तिकै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहायताले आगलागी नियन्त्रणमा लिइएको हो । ‘अघि साँझ ४ः ४० बाट लेकसाइडको हल्लनचोकमा रहेको सेलवेजको गोदाममा भएको आगाली डेढ घण्टा लामो प्रयास पछि नियन्त्रणमा आएको छ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले भने, ‘कति क्षति भयो भन्ने विषयमा स्थलगत टोलीले विवरण तयार पार्ने कार्य जारी राखेको छ । अहिले नै यति भन्न सकिन्न’













