भारतका विदेश सचिव क्वात्रा सोमबार नेपाल आउने

केन्द्रभाग मिडिया

काठमाडौं।

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा सोमबार नेपालको भ्रमणमा आउने भएका छन्। विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्रा पहिलो पटक तीन दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप काठमाडौं आउन लागेका हुन्। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने जनाइएको छ।

  • २८ माघ २०७९, शनिबार ०९:४२ प्रकाशित