टर्की र सिरियामा भूकम्पबाट ज्यान जानेको संख्या १५ हजार बढी पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५हजार ८६५ पुगेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार८६५ पुगेको हो ।

टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी (एएफएडी)का अनुसार टर्कीमा मात्रै मृतकको संख्या बढेर कम्तिमा १२,८७३ पुगेको छ । भने सिरियाको उत्तरपश्चिममा विद्रोही(नियन्त्रित क्षेत्रहरूमा) र सरकारी नियन्त्रित भागहरूमा गरी मृतकको संख्या कम्तिमा २ हजार ९९२ पुगेको छ ।

मृतकको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना रहेको सहायता एजेन्सीहरूले जनाएका छन् । सिरियामा, खोज र उद्धार टोलीहरूले चिसो मौसमको अवस्थाको बीचमा हजारौं भत्किएका भवनहरूको भग्नावशेषहरू पन्छयाइरहेका छन् ।

अधिकारीहरूका अनुसार यस क्षेत्रमा दशौं हजार व्यक्ति घाइते भएको रिपोर्ट गरिएको छ।

  • २६ माघ २०७९, बिहीबार १३:०८ प्रकाशित