एजेन्सी ।
टर्कीमा विनाशकारी भूकम्प गएको छ । टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको भूकम्प गएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भुकम्पमा परि हाल सम्म १२०० बढीले ज्यान गुमाएको बताइएको छ। भने कयौं घाईते भएका छन। भुकम्पमा परेकाहरुको उद्धारकर्ताहरुले उद्धार तथा खोजी गरिरहेका छन । भुकम्पका कारण कैयौँ भवन भत्किएका छन् ।
भुकम्प गएको उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास रहेको बताइएको छ।उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।
हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७।८ म्याग्निच्युडको भूकम्प गएको हो।
कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।